काठमाडौं – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई असार महिनाको पुलिस अफ द मन्थ घोषणा गरेको छ ।
प्रहरीका अनुसार दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ धरमपानी निवासी ३६ वर्षीय करण कोली र उनकी २६ वर्षीया श्रीमती बिमला कोली खलंगा बजारबाट घर फर्किने क्रममा मालिकार्जुन गाउँपालिका–७ जोलजीवी क्षेत्रमा पुग्दा श्रीमान्–श्रीमतीबीच विवाद भएको थियो। विवादकै क्रममा बिमला कोलीले महाकाली नदीमा हाम फालेको सूचना तत्काल प्रहरी चौकी जोलजीवीमा प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी जोलजीवीमा कार्यरत प्रहरी सहायक हवलदार प्रकाश सिंह महरा घटनास्थलमा पुगेर आफ्नो ज्यानको जोखिमसमेत बेवास्ता गर्दै महाकाली नदीमा हाम फाली बिमला कोलीको सकुशल उद्धार गरेका थिए। उक्त साहसिक कार्य, कर्तव्यनिष्ठा र मानवीय सेवाको उच्च मूल्याङ्कन गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले महरालाई २०८३ साल असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको जनाएको छ।







About Us
प्रतिक्रिया