कम्बोडिया र न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने हरि बहादुर र अमृत पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कम्बोडिया र न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १५ लाख  ७० हजार ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका हरि बहादुर पन्त र सिन्धुलीका अमृत मगर रहेका छन्।
 
प्रहरीका अनुसार, हरि बहादुरले कम्बोडिया पठाइदिन्छु भन्दै २ जनाबाट ५ लाख र अमृतले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जनाबाट १० लाख ७० हजार ठगी गरेका थिए। 

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।