एनसेल शेयर खरिद–बिक्रीको विवाद किनारातर्फ, कानुनबमोजिम गर्न सर्वोच्चले दियो आदेश


काठमाडौं – बहुराष्ट्रिय टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीको विवाद किनारा लाग्ने भएको छ। सर्वोच्च अदालतले कानुनबमोजिम गर्न भन्दै आदेश दिएपछि एनसेलको शेयर बिक्रीपछि भइरहेको विवादको जड समाधानतर्फ अघि बढेको हो।

एनसेलको ८० प्रतिशत शेयर बिक्रीपछि राज्य कोषमा आउने लाभ नआएको भन्दै अमरेश कुमार सिंहले सर्वोच्चमा रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले दूरसञ्चार प्राधिकरणलाई आदेश दिँदै कानुनबमोजिम गर्न भनेको हो।

विदेशी लगानीको कम्पनीको ८० प्रतिशत शेयर बिक्री गर्नुअघि कानुनमा भएको व्यवस्थाबमोजिम बुझाउनुपर्ने कागजात नबुझाएको आरोप लाग्दै आएको थियो। यसपछि सर्वोच्च अदालतले दूरसञ्चार प्राधिकरणलाई निर्देशनात्मक आदेश दिँदै कानुनबमोजिम प्रभावकारी नियमन गर्न आदेश दिएको हो।