काठमाडौं – सरकारले शिक्षा र स्वास्थ्यमा लाग्ने ३ प्रतिशत कर खारेज गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले शिक्षा र स्वास्थ्यमा लगाइएको कर खारेज गरेको हो।
चालू आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समत शूल्कको घोषणा गरेका थिए। उनले विद्यार्थीको बिल तिर्दा अभिभावकलाई ३ प्रतिशत अतिरिक्त कर थुपारेका थिए।
यस्तै, सबैखाले उपचारका क्रममा बिरामीले बुझाउने बिलमा समेत थप ३ प्रतिशत समता शूल्क लगाइएको थियो। तर, आर्थिक वर्ष सुरु भएसँगै चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै कर फिर्ताको घोषणा गरेका थिए।
सोही घोषणाअनुसार आज बसेको मन्त्रीपरिषद् बैठकले कर खारेज गरेको हो।






About Us
प्रतिक्रिया