जङ्गलमा लुकाई राखेका ११ नाल भरुवा बन्दुक बरामद


काठमाडौं – दाङको बङगलाचुली गाउँपालिका–०८ स्थित घोरलभिर (पिपली जंगल) बाट ११ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।

बुधवार बिहान करिब ९ बजे उक्त क्षेत्रमा झाडीभित्र भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो ।

खोजीका क्रममा झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १ नाल बेचालु र १० नाल चालु ९लोड नगरिएको० गरी कुल ११ नाल भरुवा बन्दुक फेला पारी बरामद समेत गरी थप अनुसन्धान समेत भइरहेको छ ।