काठमाडौं – काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की ‘फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) र रोयल थाई पुलिसको आयोजनामा थाइल्याण्डको बैंककमा साउन ४ देखि ५ गतेसम्म सञ्चालन भएको ‘द रिजनल समिट अन स्क्याम सेन्टर कम्पाउन्ड्स एन्ड ट्रान्सनेशनल अर्गनाइज्ड क्राइम’ मा सहभागी भई बुधवार स्वदेश फर्किएका छन् ।
कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरे । उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर ठगी तथा सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य, सूचना आदानप्रदान तथा प्रभावकारी अन्तर्राष्ट्रिय समन्वयको अपरिहार्यताका विषयमा वृहत् छलफल भएको थियो ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको नेतृत्वमा उक्त सम्मेलनमा सहभागी हुन प्रहरी उपरीक्षक धर्मराज भण्डारी समेत साउन ३ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।






About Us
प्रतिक्रिया