काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह विष्टको दोस्रो कार्यकालका लागि गरेको पुनर्नियुक्तिको निर्णयलाई रद्द गरेको छ। कम्पनीको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले विष्टको पुनर्नियुक्तिको निर्णयलाई रद्द गरेको हो ।
यसअघि गत असार ३१ गते बसेको बैठकबाट विष्टलाई चार वर्षे दोस्रो कार्यकालका लागि सीईओमा पुनर्नियुक्ति गर्ने निर्णय गरेको थियो । सोही आधारमा गरिएको करारनामासमेत रद्द गर्ने निर्णय गरेको हो। साथै, कम्पनीले सीईओ विष्टले आफ्नो वर्तमान कार्यकाल समाप्त हुने साउन ८ गतेसम्म पूर्ववत् रूपमा जिम्मेवारी निर्वाह गर्ने जनाएको छ।
कम्पनीले नयाँ सीईओ नियुक्त नभएसम्मका लागि कामु नायब महाप्रबन्धक चन्द्रमणि चौलागाईलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।






About Us
प्रतिक्रिया