दुई फर्मलाई विभागको जरिवाना


काठमाडौं – स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । विभागले किसु चमेना गृहलाई २० हजार जरिवाना गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम खरिद बिल बिजक नराखेकाले सोही ऐनको दफा ३८ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ । यस्तै, काठमाडौंको जडीबुटीमा रहेको क्याल्मेरा अटाएर प्रालिलाई ५ हजार जरिवाना गरेको छ । विभागले कुल १२ फर्ममा अनुमगन गरेकामा १० वटालाई भने सुधारात्मक निर्देशन दिएको छ ।

उद्योग, फर्महरूको अनुमगन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देश एवम् कारबाही गरिएको विभागले स्पष्ट पारेको छ । बजारमा स्वच्छता कायम राख्न, अखाद्य वस्तुको कारोबार रोक्न, बिल बिजक जारी गराउन विभागले नियमित अनुमगन गर्दै आएको छ ।