काठमाडौं – आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा लिखुका प्रदीप कुमार श्रेष्ठ र कपिलवस्तु शिवराजकी कविता वेल्वासे छन् ।
प्रहरीका अनुसार प्रदीप कुमारले कम्बोडिया पठाइदिन्छु भन्दै एक जनाबाट ४ लाख र कविताले युएई पठाइदिने भन्दै १ लाख आठ हजार लिएर सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा खोजतलास गरिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ ।






About Us
प्रतिक्रिया