काठमाडौं – नेपाली बजार आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ। सोमबार ६ सय रूपैयाँ बढेको सुनको मुल्य आज एक हजारले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलाको २ लाख ८५ हजार ६ सय रुपैयाँ कारोबार भइरहेको छ। हिजाे सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६ सय कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य ८० रुपैयाँले बढेको छ । चाँदीको मूल्य ८० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँ पुगेको छ । हिजाे चाँदी तोलाको ४ हजार २४० रुपैयाँ रहेको थियो ।






About Us
प्रतिक्रिया