काठमाडौं – नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य बढेको छ। आइतबार तोलामा एक हजार नौ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा चार हजार दुई सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार तीन सय २० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८० रूपैयाँ बढेको हो।






About Us
प्रतिक्रिया