काठमाडौं – रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको निमित्त कार्यकारी अधिकृत (सीईओ) मा पुष्कर अमात्य नियुक्त भएका छन्। कम्पनीको साउन २ गते बसेको सञ्चालक समितिको बैठकले अमात्यलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीको सीईओमा रहेका सत्य राम ज्याख्वलाई साउन १ गतेदेखि नेपाल विद्युत प्राधिकरणमा काज फिर्ता हुने भएकाले बैठकले अमात्यलाई निमित्त सीईओ नियुक्त गरेको हो।
बैठकले कम्पनीद्वारा प्रवर्द्धित रसुवागढी जलविद्युत आयोजनाका सिभिल निर्माण महाशाखा प्रमुख पुष्कर अमात्यलाई अर्को व्यवस्था नहुँदासम्मका लागि कम्पनीको सो पदको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया