रुकुमपूर्व केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प


काठमाडौं – रुकुमपूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ। साँझ ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कोल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

भूकम्पको धक्का रुकुमपूर्वसहित आसपासका जिल्लामा समेत महसुस गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन।