काठमाडौं – बैंकर डा. बुद्धि मल्लको दोस्रो पुस्तक ‘सपना साकार हुन्छन्’ सार्वजनिक भएको छ । हिजो एक कार्यक्रमकाबिच उनको सो पुस्तक सार्वजनिक गरिएको हो ।
मल्लले यसअघि ‘सफलता सम्भव छ’ पुस्तक ल्याएका थिए । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक बिमोचन कार्यक्रम शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलको अध्यक्षता र नेपाल व्यवस्थापन संघका अध्यक्ष डा. हेमा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
मल्ले कार्यक्रममा पुस्तक नेपालभर विभिन्न पुस्तक पसलमा उपलब्ध हुनुको साथै दराज, पुस्तक घर अनलाईनबाट समेत मगाउन सकिने र शिखा बुक्सको फोन नम्बरमा सम्पर्क गरेर पनि मगाउन सकिने बताए । पुस्तकले मानिसहरुमा केहि हदसम्म नकरात्मक हटाउन र आशा बढाउन, म सक्दिन कि भनेर अन्यौलमा रुमलिइरहेकाहरुमा म गर्न सक्छु भन्ने भावना जागृत गराउन सहयोगी बन्न सक्ने बताएका छन् ।







About Us
प्रतिक्रिया