काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो। त्यसदिन मुल्य बढेसँगै प्रतितोला सुन २ लाख ८८ हजार रूपैयाँमा कारोबार भयो।
आइतबार बढेको सुनको मूल्य सोमबार २८ सय रुपैयाँले घट्यो। मूल्य घटेसँगै सोमबार प्रतितोला सुन २ लाख ८५ हजार २ सय रूपैयाँमा किनबेच भयो।सोमबार घटेको सुनको मुल्य मंगलबार पनि १२ सय रूपैयाँले घट्यो।
यस्तै, बुधबार भने ८ सय रूपैयाँले बढ्दै प्रतितोला सुनकाे मूल्य २ लाख ८४ हजार ८ सय रुपैयाँ पुग्यो। बुधबार बढेको सुनको मूल्य बिहीबार पनि ४ सय रुपैयाँले बढ्दै २ लाख ८५ हजार २ सय रूपैयाँमा किनबेच भयो।
शु्क्रबार भने सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्दै २ लाख ८२ हजार १ सय रूपैयाँमा किनबेच भयो। समग्रमा यो साता सुनको मूल्यमा ५ हजार ९ सय रुपैयाँको गिरावट देखिएको छ।






About Us
प्रतिक्रिया