नेप्सेमा सचिकृत ३ सय कम्पनीलाई ५ सय बढी पुर्याउने सेबोनको लक्ष्य


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल रहेको ३ सय कम्पनीलाई बढाएर ५ सय बढी पुर्याउने लक्ष्य राखेको छ। सेबाेनले सार्वजनिक गरेको पुँजी बजार विकास मार्गचित्र २०८३ मा उक्त विषयलाई समावेश गरेको हो।

सेबाेनले सन् २०३६ सम्ममा अर्थात् आगामी १० वर्ष भित्रमा नेप्सेमा ५ सय कम्पनी पुर्याउने लक्ष्य राखेको छ। सेबाेनले पुँजी बजार अन्तर्राष्ट्रियकरणकाे लक्ष्यसहित एआई प्रविधि प्रयोग गरी बजार निगरानी गर्ने, पुँजी बजारलाई दक्षिण एशियाका उदीयमान पूँजी बजारहरूसँग प्रतिस्पर्धी बनाउने तथा विदेशी संस्थागत लगानीकर्तालाई आकर्षित गर्ने लगायको लक्ष्य राखेको छ।