काठमाडौं – नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले राष्ट्र बैंकले मध्यकालीन मौद्रिक नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । पूर्व योजनाकार मंच नेपालले आयोजना गरेको डिओलग अन मनीटरी पोलिसी २०८३/८४ मा उनले ५ वर्षको लागी ल्याएमा पारदर्शी हुने बताएका हुन् ।
उनले अन्तर्राष्ट्रिय स्तरमा नै यस्तो नीति अवलम्बन गरेको भन्दै सबल पक्षलाई अंगाल्नु पर्ने बताएका छन् । उनले यो व्यवस्था गरेर माइल स्टोन थप्ने समय आएको बताए । उनले राष्ट्र बैंकले ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीति ३ भागमा विभाजन भएको बताए । उनले समष्टिगत आर्थिक प्रतिवेदन, गत वर्षको मौद्रिक नीतिको कार्यान्वयन स्थिति र आगामी वर्षको नीतिमा छुट्टाइएको बताए ।
उनले राष्ट्र बैंक ऐनले मौद्रिक नीतिको बहु उद्देश्य रहेको बताउँदै आगामी आर्थिक वर्षको लागि भए एकल उद्देश्य लिएको बताए । उनले मौद्रिक नीतिमा सही व्यवस्थापन हुनुपर्ने बताए । उनले मौद्रिक नीति व्यवस्थापनमा विशेष जोड दिनुपर्ने बताउँदै आगामी आर्थिक वर्षको मौद्रिक नीति तर कानुनी बाध्यता भने नभएको बताए । उनले पारदर्शिता बढ्दै जानुपर्नेमा राष्ट्र बैंकले स्टाटिस्टिकल टेबल हटाइएको भन्दै यसलाई अनिवार्य राख्नुपर्ने बताएका छन् ।
पूर्व कार्यकारी निर्देशक थापाले सहमतिको आधारमा गरिने नीति तथा नियमनले पारदर्शितामा असर पार्ने बताए । त्यसैले नीति निर्माण गर्दा सहमतिको आधारमा गर्न नहुने बताए ।






About Us
प्रतिक्रिया