काठमाडौं – मोरङ रंगेली नगरपालिका ६ पुरानो भन्सार टोलस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई २६.५१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका १ घर भई मोरङ पथरीशनिश्चरे नगरपालिका १ बस्ने २३ वर्षीय सम्योक वानेम फागो र सोही स्थानकी २० वर्षीया भूमिका फागो रहेका छन्।
चेक जाँचका क्रममा दुवैले आफ्नो मलद्वारमा लुकाई छिपाइ राखेको कालो प्लास्टिकको पोका बरामद गरिएको थियो। सम्योकको साथबाट प्लास्टिकबाहेक १५ ग्राम ४४ मिलिग्राम तथा भूमिकाको साथबाट ११ ग्राम ०७ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको हो।
इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो विराटनगर शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ।






About Us
प्रतिक्रिया