काठमाडौं – वाणिज्य बैंकहरूले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। साउन १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरूले औसत व्यक्तिगत मुद्दती निक्षेपकाे ब्याजदर ४.१७ प्रतिशत कायम गरेका हुन्। असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ४.२६ प्रतिशत थियो।
वाणिज्य बैंकहरुले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपमा ब्याजदर घटाएका हुन्। यस्तै, बैंकहरुले संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर ३.१२ प्रतिशत कायम गरेका छ। साउन महिनाका लागि ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले असार महिनाको व्याजदरलाई नै निरन्तरता दिने भएका छन्।
ब्याजदर घटाएका बैंकहरुमध्ये कुमारी बैंकले ३.८५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४ प्रतिशत , सिटिजन्स बैंकले ३.९५ प्रतिशत, एनएमबि बैंकले ४.५० प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८५ र राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत ब्याज दिनेछन्।
त्यस्तै, साउन महिनामा कृषि विकास बैंकले ४.१५ प्रतिशत, एभरेष्ट बैंकले ४.०५ प्रतिशत, नेपाल बैंकले ४.२५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.१० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत, सिद्धार्थ बैंक ४.०५ प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, सानिमा बैंकले ४.५० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत र एनआईसी एशिया बैंकले ४ ब्याज दिने भएका छन्।






About Us
प्रतिक्रिया