काठमाडौं – नक्कली शरणार्थी प्रकरणमा दुई वर्षदेखि कारागारमा रहेका बेचन झा रिहा भएका छन्। उनी आज रिहा भएका हुन्। उनी सुन्धारा कारागारबाट (आज)बुधवार रिहा भएका हुन्।
मङ्गलवार मात्रै जिल्ला अदालत काठमाडौंले ठगी मुद्दामा एक वर्ष कैद र १० हजार जरिवाना सजाय तोकेको थियो। तर, उनले २ वर्ष भन्दा बढी सजाय भुक्तान गरिसकेकाले उनी रिहा भएको अदालतका प्रवक्ता शिव खतिवडा बताउँछन्।
झा २०८१ असार १४ गते पक्राउ परेका थिए। त्यसयता उनी पुर्पक्षका लागि सुन्धारा कारागारमा थिए।






About Us
प्रतिक्रिया