सिटि होटलका सञ्चालक तिलक कोइरालाको राजीनामा स्वीकृत


काठमाडौं – सिटि होटल लिमिटेडका सञ्चालक तिलक कोइरालाले दिएको राजीनामा स्वीकृत भएको छ। सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गदै आएका कोइरालाले आफ्नो कार्य व्यस्तता देखाउँदै सो पदबाट राजीनामा दिएका हुन्।

कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकबाट कोइरालाको राजीनामा असार ३० गतेदेखि नै लागू हुने गरी स्वीकृत भएको कम्पनीले जनाएको छ।