काठमाडौं – नेपालमा डिम्याट खाता खोलनेको संख्या जनसंख्याको २६ प्रतिशतमा पुगेको छ। नेपाल धितोपत्र बोर्डले दिएको जानकारीअनुसार डिम्याट खाता खोल्नेको संख्या जनसंख्याको २६ प्रतिशतमा पुगेको हो।
चालू आर्थिक वर्ष २०८२/८३ को जेठ महिनासम्मको अवधिमा देशका ७७ लाख ६६ हजारभन्दा बढीले डिम्याट खाता खोलेका छन्। जुन, २०७७ सालको असार मसान्तसम्मको अवधिमा १७ लाखमा सीमित थियो।
तथ्यांकअनुसार बागमतीका सर्वसाधारणले सबैभन्दा धेरै डिम्याट खाता खोलेका छन्। बागमतीको जनसंख्याको ३४ प्रतिशतले डिम्याट खोलेका छन्। यस्तै, कर्णालीको जनसंख्याको २.९८ प्रतिशतले मात्रै डिम्याट खाता खोलेका छन्।
कोशीका १८.९३ प्रतिशतले डिम्याट खोल्दा गण्डकीका १२.४६ प्रतिशतले र लुम्बिनीका १२.१४ प्रतिशत तथा मधेसका १२.६८ प्रतिशतले डिम्याट खोलेका छन्। यसैगरी, सुदूरपश्चिमका ६.६७ प्रतिशतले डिम्याट खाता खोलेका छन्।






About Us
प्रतिक्रिया