सेबोन अध्यक्षले पूँजी बजार विकास मार्गचित्र ल्याएपछि शेयर बजारमा सुधारको संंकेत


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजार विकास मार्गचित्र ल्याएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वृद्धिको संकेत देखिएको छ। ३ महिनादेखि २६ सय अंकको बिन्दुमा रुमलिएको नेप्से परिसूचक आज भने सामान्य अंकले उकालो लागेको छ। यद्यपी, यो सुरुवाती कारोबारको अवस्था हो।

बोर्डको अध्यक्षमा नियुक्त भएपछि डा. गोपाल भट्टले मंगलबार १२४ पृष्ठ लामो पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गरेका छन्। जसमा पूँजी बजारको दिर्घकालिन सुधारको लक्ष्य र उद्देश्य समेटिएको हो।

यससँगै, बजार आज यस समाचार तयार पार्दासम्म १६ अंकले बढेको छ। मार्गचित्रमा भट्टले एआईको प्रयोगदेखि दिर्घकालिन योजना, संस्थागत जिम्मेवारी लगायतका विषय समेटेका छन्।