४५ संस्थापक शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक


काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

यसअघि सो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको थियो। तरm तोकिएको समयाअवधिमा विद्यमान संस्थापकबाट कुनै पनि आवेदन नपरेपछि बैंकले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आगामी ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।