सामसङ नेपालद्वारा A27 5G सार्वजनिक: एआई, इमर्सिभ डिस्प्ले, र ६ वार्षिय सपोर्ट सुविधा


काठमाडौं – सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक गरेको छ। यसले कम मूल्यमा प्रिमियम AI सुविधाहरू, भरपर्दो कार्यसम्पादन, भरपर्दो सुरक्षा र दीर्घकालीन सफ्टवेयर सपोर्ट खोजिरहेका युवा उपभोक्ताहरूका लागि तयार पारिएको आफ्नो लोकप्रिय ग्यालेक्सी A सिरिजको विस्तार गरेको छ।

सामसङ नेपालका MX बिजनेस, सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितका अनुसार ‘नयाँ ग्यालेक्सी A सिरिजले धेरै भन्दा धेरै ग्यालेक्सी प्रयोगकर्ताहरू बीचमा नयाँ प्रविधि पुऱ्याएर AI लाई सबैको पहुँचमा ल्याउने हाम्रो निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। सामसङको आधारभूत क्षमताहरू ‘असम इन्टेलिजेन्स’ (Awesome Intelligence) को संयोजनका साथ ग्यालेक्सी A27 5G ले विश्वभरका प्रयोगकर्ताहरूलाई भरपर्दो दैनिक कार्यसम्पादन प्रदान गर्नेछ र AI को द्रुत विस्तारलाई बढावा दिनेछ, उनले भने, ‘हाम्रो २४ महिनाको ईएमआई (EMI) सुविधाको सुरुवातसँगै हामीले किफायतीपनलाई नयाँ परिभाषा दिइरहेका छौं—सामसङका सबैभन्दा उन्नत प्रविधिहरूलाई पहिलेभन्दा झनै सहज पहुँचमा ल्याएर धेरै ग्राहकहरूलाई कुनै पिर बिना प्रविधिको अनुभव लिन सक्षम बनाउँदैछौं।’

मुख्य सुविधाहरू:
हरेक पलका लागि इमर्सिभ डिस्प्ले
ग्यालेक्सी A27 5G मा ७.८ एमएम slim प्रोफाइल र १२० हर्ज (120Hz) रिफ्रेस रेट सहितको ठूलो ६.७ इन्चको FHD+ Super AMOLED डिस्प्ले रहेको छ, र यो Light Green, Light Pink र Black रङहरूमा मा उपलब्ध छ। सामसङले यस डिस्प्लेमा अपग्रेड गरिएको इन्फिनिटी-ओ (Infinity-O) पन्च-होल डिजाइन ल्याएको छ, जसले डिस्प्लेलाई अझ बढाउन क्यामेरा को क्षेत्रलाई कम गरेर सफा र अझ इमर्सिभ अनुभव प्रदान गर्दछ।

काम  खेलका लागि सिम्लेस पावर
यसको ४ एनएम (4nm) स्न्यापड्रैगन® ६ जेन ३ (Snapdragon® 6 Gen 3) मोबाइल प्लेटफर्मको साथ, यो डिभाइस एपहरू स्विच गर्ने, भिडियोहरू स्ट्रिम गर्ने र AI एप्लिकेसनहरू चलाउने प्रयोगकर्ताहरूका लागि भरपर्दो कार्यसम्पादन प्रदान गर्न इन्जिनियर गरिएको छ।

दैनिक जीवनका लागि असम इन्टेलिजेन्स (Awesome Intelligence)
यस फोनमा भ्वाइस ट्रान्सक्रिप्सन (Voice Transcription) सुविधा पनि छ, जुन विशेष गरी विद्यार्थी, व्यवसायी र मिटिङका नोटहरू, लेक्चर वा कुराकानीहरू बढी प्रभावकारी रूपमा रेकर्ड गर्न चाहने प्रयोगकर्ताहरूका लागि उपयोगी छ। ग्यालेक्सी A27 5G ले गुगल जेमिनी (Google Gemini) र पर्प्लेक्सिटी (Perplexity) लगायतका AI असिस्टेन्टहरू पनि सपोर्ट गर्दछ, जसको ग्यालेरी जस्ता नेटिभ ग्यालेक्सी एपहरूमा गहिरो इन्टीग्रेसन छ।

Specification Table:

डिस्प्ले६.७” FHD+ (*कुनाबाट सिधा नाप्दा स्क्रिनको साइज ६.७ इन्च हुन्छ र गोलो कुनाहरूलाई हिसाब गर्दा ६.५ इन्च हुन्छ। क्यामेराको प्वाल र गोलो कुनाहरूका कारण वास्तवमा देखिने भाग योभन्दा केही कम छ।*)
सुपर एमोलेड (Super AMOLED),
इन्फिनिटी-ओ (Infinity-O) डिस्प्ले
१२० हर्ज सम्मको रिफ्रेस रेट
प्रोसेसरSnapdragon ® 6 Gen 3 (4nm) Octa-Core 2.4GHz (4x), 1.8GHz (4x)
साइज र वजन१६२.४ x ७८.२ x ७.८ एमएम, २०० ग्राम
क्यामेरा५MP अल्ट्रा-वाइड + ५०MP OIS वाइड
२MP म्याक्रो क्यामेरा |
१२MP फ्रन्ट क्यामेरा
मेमोरी र स्टोरेज6 + 128GB
8 + 128GB
ब्याट्री५००० mAh (typical) | २५W फास्ट चार्जिङ
ओएस(OS)Android 16 One UI 8.5
सुरक्षाSamsung Knox Vault
पानी र धूलो प्रतिरोधीIP64

उपलब्धता र मूल्य (Product Availability & Pricing):


मोडेल
र्याम/स्टोरेजरङहरूमूल्य (प्रति युनिट)१२ महिना EMI२४ महिना EMI
A27 5G8GB/512GBAwesome Black, Light Green and Light Pinkरु ६९,९९९रु ३,२५०रु १,८९९
A27 5G6GB/128GBरु ५५,९९९रु २,५५०रु १,५१९

नयाँ फोनमा अपग्रेड गर्ने प्रक्रियालाई अझ बढी फाइदाजनक बनाउन सामसङले पुराना फोनसँग साट्ने सुविधा, सहज मासिक किस्ताको विकल्प र १२० जीबीको एनसेल डाटा उपहार प्रदान गरिरहेको छ। यस विशेष अफर अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना फोन बुझाएर, पुराना फोनको मूल्याङ्कन रकमको अतिरिक्त थप ८,००० रूपैयाँ एक्सचेन्ज बोनस (साटे बापत पाइने थप पैसा) पाउन सक्नेछन्।

यसका साथै ग्राहकहरूले नयाँ ग्यालेक्सी A27 5G लाई मात्र  १,५१९ रूपैयाँ प्रति महिनाको सहज २४ महिनाको किस्ता सुविधा र सुरुवाती भुक्तानी बिना नै खरिद गर्न सक्छन्। यो विशेष व्यवस्थाले ग्राहकहरूलाई आफ्नो मासिक किस्ता रकम आधा सम्म घटाउने अवसर दिन्छ।