काठमाडौं- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४, चायाचुटीस्थित खोलामा रहेको कल्भर्टमुनि बेवारिसे अवस्थामा राखिएको एक थान भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।
प्रहरी चौकी महेन्द्रझ्याडीबाट खटिएको प्रहरीको टोलीले प्लास्टिकमा बेरिएको अवस्थामा भित्तामा लुकाइराखिएको एक थान भरुवा बन्दुक फेला परेको हो। फेला परेको बन्दुक प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।






About Us
प्रतिक्रिया