काठमाडौं – ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका छन्। परिषद्को आज सम्पन्न निर्वाचनमा डङ्गोलले प्रश्रय राजभण्डारीलाई पराजित गरेृका निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए। डङ्गोलले ७२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राजभण्डारीले ३६५ मत प्राप्त गरेका थिए।
परिषदल्को प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भएका छन्। महासचिवमा पशुपति कँडेल ७२० मत ल्याई विजयी भएका छन्। उनका प्रतिष्पर्धी पुण्यराम लागेजुले ३३३ मत प्राप्त गरे।
कार्यसमितिको सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) विजयी भएका निर्वाचन अधिकृत पङ्गेनीले जानकारी दिए। यस्तै, सदस्यहरुमा सुरेन्द्र डङ्गोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईँ र चन्द्रा तामाङ विजयी भएका छन्।
आगामी दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा कुल एक हजार ३०९ मतदाता रहेको परिषद्को निर्वाचनमा एक हजार २२५ मत खसेको थियो। निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष डङ्गोलले सुरक्षित र व्यवस्थित ठमेल निर्माणमा आफ्नो ध्यान केन्द्रीत हुने बताए। उनले पछिल्लो समय अन्तरराष्ट्रिय पर्यटक केन्द्र ठमेललाई प्रविधिसँग जोडेर अगाडि बढ्ने बताए।






About Us
प्रतिक्रिया