काठमाडौं – दुर्गा प्रसाईँलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर छाडेको छ। विमानस्थल निषेधित क्षेत्र भएकोले कार्यक्रम गर्न नपाइने भन्दै प्रहरीले प्रसाईँलाई विमानस्थलबाट नियन्त्रणमा लिएर छाडेकाे हाे।
काठमाडौं जिल्ला परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार त्रिभुवन विमानस्थलमा विरोध कार्यक्रम गर्न लागेकाे थाहा पाएपछि उनलाई विमानस्थल बाहिर लगेर उनलाई छाडिएको हो।
झापाबाट काठमाडौं आइपुगेका प्रसाईँले विमानस्थलमै कार्यक्रम गर्न खोजेको पाइएको थियो। उनका अनुसार प्रसाईँलाई सहजीकरण गरेपछि उनी गएका छन्।






About Us
प्रतिक्रिया