कलंकी र नयाँ बसपार्कबाट यात्रुहरूलाई दुःख हैरानी दिने ६० जना पक्राउ


काठमाडौं – विगत लामो समयदेखि  काठमाडौंका कलंकी र नयाँ बसपार्क एरियामा पैदल हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान झोला तान्ने र दुःख हैरानी दिने ६० जना पक्राउ परेका छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई  कलंकी र नयाँ बसपार्क एरियाबाट पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।