‘फेसबुक’ ह्याक गरी ठगी गर्ने नुवाकोटका विवेक सुनार पक्राउ 


काठमाडौं – सामाजिक सञ्जालमा ‘फेसबुक’ ह्याक गरी अनधिकृत पहुँच पुऱ्याई रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका– ४ घर भई हाल काठमाडौंको बालाजु बस्ने विवेक सुनार रहेका छन् । 

उनले फेसबुक ह्याक गरी पीडितको पहिचान प्रयोग गरी आफन्त र साथीभाइ भएको भ्रम पारी रकम माग गर्दै ठगी गर्ने कार्य गर्दै आइरहेको प्रहरीले जनाएको छ ।  

सुनारलाई साइबर ब्युरोबाट खटिएको टोलीले पक्राउ गरी विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा  काठमाडौं जिल्ला अदालतबाट ५ दिन  म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।