काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा एक हजार चार सय रूपैयाँ घटेको सुनको मूल्ययसदिन प्रतितोला नौ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा चार हजार पाँच सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको हो।






About Us
प्रतिक्रिया