५ लगानीकर्ता संघले सेबोन अध्यक्ष भट्ट सामु पुँजीबजार सुधारका लागि राखे ८ बुँदे माग


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टले पुँजी बजार सुधारका ८ बुँदे मागमा प्रतिवद्धता जनाएका छन्। भट्टले नेपाल धितोपत्र लगानीकर्ता संघ, नेपाल शेयरधनी संघ, नेपाल इन्भेष्टर्स एशोसिएसन, नेपाल शेयर बजार लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघबीच भएको छलफलमा पुँजीबजारको वर्तमान अवस्था र सुधारका सम्बन्धमा प्रतिवद्धता जनाएका हुन्।

अध्यक्ष भट्टले लगानीकर्ताका ८ बुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन्। आज असार २२ गते भट्टसँग भएको भेट तथा छलफलमा पँुजी बजारलाई पारदर्शी र व्यवस्थित बनाउन निम्न बुँदाहरूमा प्रतिवद्धता जनाएका छन्।

  • १.धितोपत्र बोर्डले पुँजीबजार सुधारको लागी भिजन पेपरको तयारी गर्ने काम भईरहेको जस्ले बजारलाई थप पारदर्शी र व्यवस्थित गर्न सहयोग पुग्ने।
  • नेगेटिभ नेटवर्थ भएका कम्पनीको आईपीओ तत्काल रोक्ने र बुक बिल्डिङको र प्रिमियम को आईपीओ निष्कासनमा गम्भीर अध्ययन भईरहेको
  • हप्ता दिन सम्ममा बजारको गुनासो लिएर लगानीकर्ताहरू बोर्डमा आउन नपर्ने गरि काम हुने
  • धितोपत्र बोर्डले नीतिहरू बनाउँदा सरोकार वालाहरूको सहभागीता मा छलफल गरेर नीतिहरू बनाउने
  • बजारमा नकारात्मक हल्ला गर्ने, सञ्जालमा बजारको बारेमा हल्ला गर्ने र उचित प्राविधिक विश्लेषणको नाममा इन्साइडर को भुमिका खेल्ने माथी नियमन गर्ने
  • प्रि आईपीओको नाममा भएको चलखेल तत्काल रोकी आवश्यक कारवाही गर्ने
  • मार्केट मेकर, डिलर, र म्युचुअल फण्डले उद्देश्य अनुसार काम गरे नगरेको निगरानी गर्ने र ब्रोकर लाइसेन्स खुल्ला राख्ने
  • पुँजीगत लाभ करलाई अल्पकालीन, मध्यम र दीगो अवधिको सम्बन्धमा अर्थ मन्त्रालयसँग समन्वय गर्ने साथै डिम्याट डीपी चार्जमा पुनरावलोकन गर्न समन्वय गर्ने, र साथै कम्पनीको शेयर स्थापन रेसियोमा अध्ययन गरी ५१ः४९ कायम गर्नेमा अध्ययन गर्ने ।