काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले संविधान संशोधनको सवालमा गम्भीर हुनुपर्ने बताए।
‘संविधानको आधारभूत संरचनालाई यथावत राखेर अन्य विषय संशोधन गर्न सक्छौँ। संशोधनमा हामी गम्भीर हुनुपर्छ, यो जानिएन भने समस्या हुने खतरा छ’, उनले भने।
अध्यक्ष राईले सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहमा सरकारको १०० दिनको प्रयासप्रति धन्यवाद दिए। आफूले केही समयअघि महाकाली क्षेत्रको भ्रमण गरेको उल्लेख गर्दै अध्यक्ष राईले दार्चुला–टिङ्कर सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे। अध्यक्ष राईले अब राष्ट्रिय गौरवको आयोजना सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्ने धारणा राखे।
सुकुमवासी, अव्यवस्थित बसोबासीको पुनर्वासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दै अध्यक्ष राईले यथाशीघ्र धनीपूर्जा उपलब्ध गराउन सुझाव दिए। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन माग गर्दै उनले स्वास्थ्य सेवालाई विकेन्द्रित गर्न सुझाव दिए।






About Us
प्रतिक्रिया