काठमाडौं – प्रहरी हुँ भन्दै १५ लाख ५० हजार ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामकी दिपिका बोहोरा तामाङ रहेकी छिन् ।
उनले आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक भन्दै प्रहरीको पोसाक लगाएको तस्बिर देखाएर विभिन्न आश्वासन दिएर आफ्नो इसेवा तथा मोबाइल बैकिङ्गमा पटक–पटक गरी १५ लाख ५० हजार हाल्न लगाएको प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गंगबुबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया