काठमाडौं – माउण्ट एभरेष्ट पावर लिमिटेडको आइपीओ आज बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा आज सो कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले असर ३ देखि असार ८ गतेसम्म सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो।
सो आईपीओमा २८ लाख ६२ हजार ९०९ जनाले ३ करोड ६ लाख ५५ हजार ४३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २८ लाख १५ हजार ६७९ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १ लाख ४२ हजार ७६० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।






About Us
प्रतिक्रिया