काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.५० अंकले घट्दा ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। आज कारोबारमा आएका ३३८ कम्पनीहरुमध्ये १७२ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा भुजुङ हाइड्रोपावरसहित ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका हुन्।
आज भुजुङ हाइड्रोपावर, सीवाइसी नेपाल लघुवित्त, भगवती हाइड्रोपावर डेभलपमेन्ट, ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७ र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका हुन्।
जसमा भुजुङ हाइड्रोपावरका लगानीकर्ताले ११.०४ प्रतिशतका दरले गुमाएका छन् भने अन्यले क्रमशः सीवाइसीले ८.९७ प्रतिशत, भगवतीले ५.८४ प्रतिशत, सानिमा डिबेन्चरले ५.७६ प्रतिशत र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले ५.५७ प्रतिशतका दरले गुमाएका छन्।
साथै, आज टक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोपावरका लगानीकर्ताले भने १४.९९ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, कालिका लघुवित्तका लगानीकर्ताले १२.८४ प्रतिशतका दरले कमाएका छन्।






About Us
प्रतिक्रिया