काठमाडौं – टक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोपावरको शेयर मूल्यमा कारोबारको पहिलो दिनमै सकारात्मक सर्किट लागेको छ । आजदेखि कारोबारका आएका यी दुवै कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।
आजको स्पेसल प्रि ओपन सेसनमा दुबै कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार गरेको थियो । यी दुवै कम्पनीको शेयर हिजो अर्थात् असार ७ गते नेप्सेमा सूचिकृत भएको थियो ।
जसमा याम्बालिङ्ग हाइड्रोपावरले सर्वसाधारणमा वितरण गरेको २८ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता शेयर गरी कुल ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। त्यससँगै, टक्सार पिखुवा खोलाले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७७ लाख ६९ हजार ३३२ कित्ता शेयर गरी कुल १ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।






About Us
प्रतिक्रिया