साताको शेयरमा २२ अंकको गिरावट, कारोबार रकम १५ अर्ब आसपास


काठमाडौं – यो साता पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा २२ अंकले घटेर बन्द भएको छ। यससँगै साताभरमा जम्मा १५ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ।

यस साता ५ दिन शेयर कारोबार हुँदा २ दिन बजार बढ्दा बाँकीका ३ दिन बजार घटेको थियो। साताको पहिलो कारोबारको दिन सोमबार नेप्से १२.२६ घटेर बजार २७ सय ११ दशमलव ७६ को बिन्दुमा पुगेको थियो।

त्यस्तै, दोस्रो कारोबारको दिन मंगलबार नेप्से पुनः घटेर ६.३१ अंकको गिरावटसहित बजार २७ सय ५ दशमलव ४५ को बिन्दुमा पुग्यो। यसैगरी, बुधबार भने नेप्से ०.०८ अंकको वृद्धिसहित बजार २७ सय ५ दशमलव ५३ को बिन्दुमा बन्द भयो। त्यसैगरी, बिहीबार नेप्से ५.०६ अंकले घटेर बजार २७ सय ४७ को बिन्दुमा बन्द भएको थियो । त्यस्तै, साताको अन्तिम कारोबारको दिन शुक्रबार नेप्से १.६३ अंकले बढेर बजार २७ सय २ दशमलव ११ को बिन्दुमा बन्द भयो।

कुन दिन कति कारोबार ?

सोमबारः ३ अर्ब ९८ करोड
मंगलबारः ३ अर्ब ६६ करोड
बुधबारः ३ अर्ब ४६ करोड
बिहिबारः ३ अर्ब ३० करोड
शुक्रबारः ३ अर्ब २३ करोड