नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब  ४१ करोड


काठमाडौं – साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्चेन्ज (नेप्से) १२ दशमलव २६ अंकले घट्दै बजार २७११ दशमलव ७६ अंकको बिन्दुमा बन्द भएको छ। आज ७३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ।

आज दिनभरिमा ३५० कम्पनीको १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३८ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। एनबीबीएल डिबेञ्चरको २७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको २२ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्। अपोलो हाइड्रोपावरका लगानीकर्ताले पनि १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्। सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन्। आज यसका लगानीकर्ताले ७ दशमलव ९४ प्रतिशतका दरले गुमाएका हुन्।