चौथो नेशनल बैंकिङ्ग डिश्कोर्श २०२६ सम्पन्नः यी विषयमा भए छलफल


काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ सफलतापूर्वक सम्पन्न भएकाे छ। बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजकाे संयुक्त आयोजनामा सञ्चालन भएकाे नेशनल बैंकिङ्ग डिस्कोर्शकाे चाैथाे संस्करण सफतापूर्वक सम्पन्न भएकाे हाे।

डिश्काेर्सकाे उद्घाटन सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले गरेका थिए। डिस्कोर्शलाई सम्बाेधन गर्दै झाले सरकारबाट भइरहेको धरपकड गलत भए पनि व्यावसायिक क्षेत्रमा सुधारको आवश्यकता रहेको बताए।

डिश्कोर्शकाे पहिलाे सत्र कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल ? मा छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, अर्थमन्त्रालयका सहसचिव महेश आचार्य रिजाल्को ग्रुपका अध्यक्ष, नवीन रिजाल र नबिल बैंक सीईओका मनोज कुमार ज्ञवाली सहभागी थिए।

डिश्कोर्शकाे दाेस्राे सत्र कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका’ मा छलफलका लागि योजना आयोगको पूर्व उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ, राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल, राष्ट्रिय तथ्याङ्क कार्यालयका उप–प्रमुख एवम् प्रवक्ता ढुण्डीराज लामिछाने, मुक्तिनाथ कृषि कम्पनपीका प्रबन्धक सञ्चालक भरत राज ढकाल र राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल सहभागी थिए।

डिश्कोर्शकाे तेस्राे सत्र विकास बैंकहरूको दिगोपन– योगदान, प्रतिस्पर्धा र नीति विषयक सत्रमा छलफलका लागि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापा, कामना सेवा विकास बैंकका अध्यक्ष, सुदीप आचार्य, डेभलपमेन्ट बैकर्स एसोसिएसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठ र एक्सेल विकास बैंकका सीईओ डा. इन्द्र कुमार कट्टेल सहभागी थिए।

डिश्कोर्शकाे चाैथाे सत्र बैंकिङ्ग भविष्यः एआई, साइबर सुरक्षा र फिनटेक विषयक सत्र राराल्याब्सका प्रमुख कार्यकारी अघिकृत (सीईओ) मनोज घिमिरे, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारी, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आदर्श बजगाईँ र स्प्रिङ बेस एआईका सह–संस्थापक, उद्यमी तथा लगानीकर्ता आकाश जटिया सहभागी थिए।

डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ। आयोजकले डिस्कोर्शमा भएका छलफल र उठेका विषयवस्तुको प्रतिवेदन नियामक निकायलाई बुझाइने जनाएको छ।

Skip This