मन्त्रिपरिषद्को बैठक बस्दै, सेबोन अध्यक्ष नियुक्त आजै


काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह ुबालेनुको अध्यक्षतामा आज मंगलबार बिहान ११:०० बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा नेपाल धितोपत्र बोर्ड ९सेबोन० अध्यक्ष नियुक्ति गर्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्।

अध्यक्ष पदका लागि नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री, सेबोनका कार्यकारी निर्देशक विनयदेव आचार्य र राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्टको नाम अध्यक्षका लागि सिफारिस गरिएको थियो।

बोर्ड अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न धितो पत्रसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ३ अनुसार समिति गठन गरिएको थियो। समितिले वैशाख १५ मा इच्छुक व्यक्तिको विवरण माग गरेको थियो। तोकिएको म्यादभित्र ४७ जनाले आवेदन दिएका थिए।

Skip This