काठमाडौं – नेपाल बीमा प्राधिकरणले बीमा साक्षरता रूपरेखा, २०८३ को मस्यौदा तयार पारेको छ । बीमा विकास तथा प्रवर्द्धनका लागि अपरिहार्य रहेको बीमा साक्षरता अभियान प्राधिकरण तथा बीमक दुवैको समान जिम्मेवारी भएको हुँदा यस कार्यलाई मार्गदर्शन गरी एकरूपता प्रदान गर्ने सोचले प्राधिकरणले बीमा साक्षरता रूपरेखाको मस्यौदा तयार पारेको हो ।
प्राधिकरणले रूपरेखा सम्बन्धमा आवश्यक राय, सुझाव तथा संलग्न गर्नुपर्ने विषयहरू समावेश गरी आजको ३ दिनभित्र लिखित रूपमा बीमा प्रवर्द्धन शाखाको ईमेलमा पेस गर्न भनेको छ । यस मस्यौदाको मुख्य उद्धेश्य आधुनिक प्रविधि तथा नवप्रवर्तनका माध्यमबाट बीमा ज्ञानको परिधि बढाउँदै बीमा बजारका समग्र सरोकारवाला पक्षहरूलाई सक्षम एवं सशक्त बनाउनु हो ।
यस्तै, बीमा साक्षरताका कार्यक्रमहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न समग्र बीमा क्षेत्रमा बीमा साक्षरताको सुदृढ संयन्त्र विकास गर्ने, बीमा पहुँच तथा साक्षरताका प्रयासहरुबाट बीमा समावेशिकरणलाई बढावा दिने, बीमाको दायरा फराकिलो बनाउदै कुल गार्हस्थ्य उत्पादनमा बीमा क्षेत्रको योगदान अभिवृद्धि गर्ने र बीमाका माध्यमबाट नागरिकमा दीर्घकालीन बचत गर्ने बानीको विकास गर्ने र यसरी संकलित राष्ट्रिय पूँजीलाई मुलुकको उत्पादनशील क्षेत्रमा उचित लगानी सुनिश्चित गर्न सहयोग पुयाउने यस मस्यौदाको मुख्य उद्धेश्य हो ।






About Us
प्रतिक्रिया