सुनचाँदीको मूल्य केही घट्यो


काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा दुई हजार १०० रूपैयाँ र चाँदी ५५ रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल तीन लाख नौ हजार रूपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २३० रूपैयाँ निर्धारण भएको छ।

हिजो बिहीबार एक तोला सुनको मोल तीन लाख ११ हजार १०० रूपैयाँ कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार २८५ रूपैयाँ निर्धारण भएको थियो। गत बुधबार एक तोला सुन तीन लाख ११ हजार ३०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ३७० रूपैयाँमा खरिदबिक्री भएको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४४३ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।