कालिञ्चोक हाइड्रोपावरसहित ५ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.४६ अंकले घट्दा समेत ५ कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि देखिएको छ।

आज कारोबारमा आएका ३५३ कम्पनीहरु मा कालिञ्चोक हाइड्रोपावर, न्यादी हाइड्रोपावर, १० प्रतिशत नेपाल एसबीआइ बैंक डिबेन्चर २०८६, एनआईसी एशिया ऋणपत्र २०८८ र नबिल डिबेन्चर २०८५ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएका छन्।

जसमा कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले कमाएका छन्।

त्यसैगरी क्रमशः १० प्रतिशत नेपाल एसबीआइ बैंक डिबेन्चर २०८७.२१ प्रतिशत, एनआईसी एशिया ऋणपत्र २०८८ को ५.८० प्रतिशत र नबिल डिबेन्चर २०८५ को शेयर मूल्य ५.७७ प्रतिशतले बढेर बन्द भएको छ।

यससँगै, आज सबैभन्दा बढी ८.५ प्रतिशत एसबीएल डिबेन्चर २०८४ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १०.४८ प्रतिशतका दरले गुमाएका हुन्।

Skip This