नेपाल रि र कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट


काठमाडौं – आज नेपाल रिइन्स्योरेन्स कम्पनी र कालिञ्चोक हाइड्रोपावर हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.२७ अंकले घट्दा समेत यी दुई कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको हो। आज यी दुई कम्पनीको शेयर मूल्य १४.९९ प्रतिशतका दरले बढेर बन्द भएको छ।

डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट मार्फत बीमा कम्पनीहरूले कम्तीमा २० प्रतिशत पुनर्बीमा अनिवार्य रूपमा नेपाल पुनर्बीमा कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गर्ने घोषणा गरेसँगै नेपाल रिइन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सुधार देखिएको हो।

यससँगै आज नेपाल रिको शेयर मूल्य १३६.६० रुपैयाँले बढेर १ हजार ४७ रुपैयाँ ६० रुपैयाँपुगेको छ। त्यस्तै, कालिञ्चोकको ५६।६० रुपैयाँको वृद्धिसहित ४ सय ४७ रुपैयाँ ३० रुपैयाँ शेयर मूल्य कायम भएको छ।