भारी मूल्यवृद्धिः

एकैदिन २० हजार ५ सयले बढ्यो सुनकाे मूल्य, ताेलाकाे कति ?


कामाडौं – नेपाली बजारमा आज जेठ १७ गते आज सुन चाँदीको मूल्य भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन चाँदीको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो।

योसँगै आज सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ३०५ रुपैयाँले बढेको छ। यससँगै आज चाँदी ५ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।