विशाल बजार, एनटीसी र राष्ट्रिय जीवन बीमाको शेयर सर्वसाधारणलाई बेच्ने सरकारको घोषणा


काठमाडौं – सरकारले विशाल बजार, नेपाल दूर सञ्चार (एनटीसी) र राष्ट्रिय जीवन बीमा कम्पनीको शेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत यी ३ संस्थाको शेयर सर्वसाधारणमा बिक्री गर्ने घोषणा गरेको हो। यसमध्ये सरकारले पुस महिना भित्र एनटीसीको शेयर सरकारको स्वामित्वमा ६६ प्रतिशत मात्रै राखेर अरू शेयर सर्वसाधारणमा बिक्री गर्ने सरकारले घोषणा गरेको छ।