धौलागिरी लघुवित्तका निमित्त सीईओ निलम्बनमा

धौलागिरी लघुवित्तका निमित्त सीईओ निलम्बनमा


बैकिङ्ग समाचार ।
 बाग्लुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरि लघुवित्तका निमित्त प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी निलम्बनमा परेका छन् । उनलाई कर्मचारीलाई अनावश्यक दवाव दिएर जागिर छाड्न बाध्य बनाएको आरोपमा संस्थाको सञ्चालक समितिले निलम्वन गरेको हो ।

आफूलाई बिना कारण राजिनामा दिन दवाव दिइएको भन्दै संस्थामा कार्यरत एक म्यानेजरले सञ्चालक समितिमा उजुरी दिएपछि समितिले उनलाई निलम्वन गर्न बाध्य भएको हो। 

यस उजुरीको बोद्धार्थ राष्ट्र बैंकमा समेत पुगेको बताइएको छ । उनलाई संस्थाको सञ्चालक समितिले २०७६ मंसिर २५ गतेबाट लागु हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतमा पदमा नियुक्त गरेको थियो ।