काठमाडौं – कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज जेठ १३ अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात् दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४९ लाख कित्ता शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये कम्पनीले २८ लाख ७० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो। सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि आज बैकिङ्ग समयभित्रमा आवेदन दिन सकिनेछ।





About Us
प्रतिक्रिया