काठमाडौं – रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको ५३ हजार ७९८ कित्ता शेयरको लकइन अवधि असारको दोस्रो हप्ता सकिने भएको छ । कम्पनीको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको उक्त साधारण शेयरको लकइन अवधि आगामी असार १८ गते सकिने भएको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ लाख २६ हजार ६०० कित्ता आईपीओ निष्काशन गरेको थियो। जसमध्ये सर्वसाधारणलाई छुट्याइएको ११ लाख ५५ हजार ९६० कित्ताको ५ प्रतिशतले हुन आउने ५७ हजार ७९८ कित्ता शेयर सामूहिक लगानी कोषहरूमा लागि बाँडफाँट गरिएको थियो।
यसरी सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको शेयर बाँडफाँडको मितिले ६ महीनासम्म कारोबार गर्न नपाउने गरी लकइनमा राख्नु पर्ने प्रावधान छ।






About Us
प्रतिक्रिया